Comments Add Comment

ओलीको विश्लेषण : अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास हुनसक्छ

१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास हुनसक्ने दाबी गरेका छन् ।

प्रधानमन्त्री पदबाट हटेपछि शुक्रबार पहिलो पटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अदालतले कीर्ते कागजलाई मान्यता दिएको दाबी गरे । ‘निवेदक र बार एशोसिएसनको दबाबमा इजलास बनेसँगै षड्यन्त्र शुरु भएको थियो,’ उनले भने, ‘यो फैसलामा हाम्रो सहमति छैन । तर हामी लोकतन्त्रवादी भएकाले कार्यान्वयन गरिसकेका छौं ।’

एमालेविरुद्ध अझै षड्यन्त्र हुने भन्दै उनले अध्यादेश ल्याएर पार्टी फुटाउने प्रयास हुनसक्ने बताए । ओलीले अघि भने, ‘सदन छोटो समय बसेर टुंग्याउन सक्छन्, प्रदेश र स्थानीय तहमा पनि दुःख दिन सक्छन् । दमनको शुरुवात हुनसक्छ ।’

एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले वर्तमान सरकारलाई समर्थन गर्न नसक्ने प्रष्ट पारे । सरकारलाई समर्थन गर्न सकिन्छ भन्नेहरुको धारणा व्यक्तिगत हो,’ उनले भने । शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले पनि सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।

एमालेले रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने र सरकारलाई जनहितविरुद्ध काम गर्न नदिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment