+
+
Shares

वर्षौंसम्म कानुनविहीन ढंगले मुलुकलाई बन्धक बनाउन मिल्दैनः सांसद आचार्य

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते ११:५७
Photo Credit : News Agency Nepal

२० असार, काठमाडौं । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले कानुनहरु फास्ट ट्रयाकमै बनाउनुपर्ने धारणा राखेका छन् ।

शुक्रबार अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले संसदमा विधेयक ल्याउने प्रतिबद्धता गरेका विधेयकहरु चालु अधिवेशनबाटै पारित गर्नुपर्ने बताए ।

‘कानुनहरू सबै फास्ट ट्रयाकमै बनाऔँ भन्ने मान्छे हो । संसदमा बोल्दा पनि मैले भनेको छु, जति पनि विधेयक ल्याउँछौँ भनेका छौँ, त्यो नीति कार्यक्रम, बजेट, अन्यत्र त्यो यही अधिवेशनमा पास गरौँ भन्ने हो,’ उनले भने ।

उनले पास हुन नसकेका र महत्वपूर्ण रहेका विधेयकहरू अध्यादेशमार्फत ल्याउन माग गरे  ।

‘केही गरी यही अधिवेशनमा पास हुन नसके र महत्वपूर्ण छ भने अध्यादेबाट ल्याएर पनि काम अघि बढाउनुपर्छ,’ उनले भने, ‘वर्षौंसम्म कानुनविहीन ढंगले मुलुकलाई बन्धक बनाउन सकिँदैन, मिल्दैन ।’

सांसद आचार्यले कानुन पूर्ण रूपमा राम्रो बनाउनुपर्ने बताए । छिटो गर्ने नाममा छलफल नै नगरी लैजान नमिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?