
१ साउन, वीरगञ्ज । प्रतिनिधिसभा सदस्य प्रदीप यादवले संसदीय विकास कोषको १० लाख रकमबाट उद्योग वाणिज्य संघ वीरगञ्जलाई सीसीटीभी क्यामरा प्रदान गरेका छन् । सांसद यादवले संघका अध्यक्ष सुवोध गुप्तालाई शुक्रबार २१ थान सीसीटीभी क्यामेरा हस्तान्तरण गरेका हुन् ।
वीरगञ्जलाई सुरक्षित र व्यवस्थित बनाउन सीसीटीभी क्यामेरा जडान कार्यलाई आफूले सहयोग गरेको यादवले बताए । वीरगञ्जको घण्टाघर, माईस्थान, आदर्शनगर, प्रतिमा चोक, रजतजयन्ती लगायतका चोकमा ट्राफिक लाइट लगाउने योजना आफूले बनाएको सांसद यादवको भनाइ छ ।
सांसद यादवकै नेतृत्वमा मुख्यमन्त्री लालबाबु राउत संरक्षक रहने गरी सीसीटीभी जडान समिति समेत गठन गरिएको थियो ।
सीसीटीभी क्यामरा वीरगञ्ज उद्योग वाणिज्य सङ्घ–सेफर वीरगञ्ज समितिको प्रत्यक्ष निगरानीमा जडान भई चाँडै सञ्चालनमा ल्याउन ल्याउने संघका अध्यक्ष गुप्ताले बताए ।
सीसीटीभी क्यामेरा आपराधिक क्रियाकलाप नियन्त्रण र अपराध अनुसन्धानमा समेत सहयोगी हुने हुँदा विस्तार गर्न आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलप्रसाद पाण्डेले बताए ।
प्रतिक्रिया 4