Comments Add Comment

पाल्पामा ट्याक्टरमाथि पहिरो खस्दा सहचालकको मृत्यु

२ साउन, बुटवल । पाल्पामा कच्ची सडकमा फसेको ट्याक्टरमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ ।

तिनाउ गाउँपालिका-६ डुम्रेको कच्ची सडकमा फसेको लु४त ६६२९ नम्बरको ट्याक्टर निकाल्ने क्रममा पहिरो खस्दा सहचालक बर्दियाका २७ वर्षीय मुमलाल पुनको मृत्यु भएको हो ।

पहिरोमा परेर गम्भीर घाइते भएका सहचालक पुनको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

उक्त ट्याक्टर डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा बोकेर जाँदै गर्दा हिलोमा फसेको थियो । ट्याक्टर फसेपछि लु१क २४९७ नम्वरको जेसिबीले निकाल्ने क्रममा अचानक माथिबाट खसेको पहिरोले ट्याक्टर र जेसीबी पुरिँदा जेसीबी चालक पाल्पा रैनादेवी छहरा गाउँपालिका-१ का २० वर्षीय सरोज बुढा घाइते भएका छन् ।

घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका का प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment