+
+
Shares

खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते ९:१६

३, साउन, चितवन । चितवनमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-५ कैलाशनगरस्थित चन्द्र सिग्देलको खेतमा जोत्ने क्रममा ना४त ३१५२ नम्बरको ट्याक्टर पल्टिँदा सोही ठाउँका ट्याक्टर चालक ३४ वर्षीय सन्दीप मगरको मृत्यु भएको हो ।

ट्याक्टर पल्टिएपछि गम्भीर घाइते भएका मगरको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?