+
+

ओलम्पिक भिलेजमा बसेका दुई खेलाडीलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते ११:३४

३ साउन, काठमाडौं । टोकियो ओलम्पिकमा सहभागी हुन जापान पुगेका दुई खेलाडीलाई कोरोना संक्रमण भएको छ ।

आगामी शुक्रबार उद्घाटन हुने टोकियो ओलम्पिकअघि ओलम्पिक भिलेजमा रहेका दुई खेलाडीमा कोभिड१९ पुष्टि भएको हो ।

टोकियो ओलम्पिक आयोजकले आइतबार दुई खेलाडीको रिजल्ट पोजेटिभ आएको जनाएको छ । तर दुवै खेलाडी जापान बाहिरको भएको पनि जनाएको छ ।

उनीहरुको नाम र अन्य कुनै विवरण भने सार्वजनिक भएको छैन ।

यस्तै आयोजकले आइतबारै अर्का एक खेलाडीमा पनि कोरोना संक्रमण भएको जनाएको छ तर ती खेलाडी ओलम्पिक भिलेजभन्दा बाहिर बसेका छन् । उनी पनि जापानभन्दा बाहिरको खेलाडी रहेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार १ जुलाई यता ओलम्पिकसँग जोडिएका ५५ खेलाडीको रिपोर्ट पोजेटिभ आएको छ । यसमा खेलाडी, प्रशिक्षणका लागि पुगेका खेलाडीहरु समेत रहेको आयोजकले जनाएको छ ।

टोकियो बेमा रहेको ओलम्पिक भिलेजमा करीब ११ हजार खेलाडी बस्छन् भने हजारौँको संख्यामा सपोर्ट स्टाफहरु समेत हुनेछन् ।

टोकियोमा शनिबार १ हजार ४१० नयाँ कोभिड संक्रमण देखिएको थियो । यो ६ महिना यताकै उच्च हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?