
३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको खोप खरीद प्रक्रियालाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था गर्न निर्देशन दिएका छन् ।
आइतबार प्रधानमन्त्री देउवाले सिंहदरवारमा स्वास्थ्य मन्त्रालय, मन्त्रालयका सचिव, विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक र खोप महाशाखा प्रमुखलाई बोलाएर निर्देशन दिएका हुन् ।
साथै प्रधानमन्त्री देउवाले कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सीमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परिक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, बेड र आईसीयूको प्रबन्ध गर्न पनि निर्देशन दिएका छन् ।
यसअघि पनि प्रधामन्त्री देउवाले मुख्य सचिव शंकरदास बैरागी र स्वास्थ्य मन्त्रालयका सचिवलगायतसँग खोप खरीद प्रक्रियालाई चुस्त बनाउन निर्देशन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4