+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

चितवनमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते १३:०७

३ साउन, काठमाडौं । चितवनको पर्सा चोकमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

खैरहनी नगरपालिका–८ पर्सा चोकमा ना ८ ख ३०२४ नम्बरको ट्याङकरले ना ४४ प ५१२२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार खैरहनी नगरपालिका–१० की २३ वर्षीया सृजना चौधरीको मृत्यु भएको हो ।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रत्ननगर नगरपालिका–३ का २५ वर्षीय सुवास चौधरीको सोही अस्पतालमा उपचार भइरेहको छ ।

ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?