+
+
Shares

स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत : वामदेव गौतम

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते १५:०६

३ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको बताएका छन् ।

उपाध्यक्ष गौतमले संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको अनलाइनखबरलाई बताए । ‘धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गल्ती हुन्छ’, उनले भने ।

सांसदहरुलाई स्वविवेकीय अधिकार दिनु लोकतान्त्रिक अधिकार भएको गौतमले बताए । ‘कुनै पनि संस्थाले आफ्ना सदस्यलाई स्वविवेकीय अधिकार दिन्छ भने त्यो उच्चस्तरको लोकतान्त्रिक अभ्यास मानिन्छ,’ उनले भने ।

अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र सहभागी भएको एमाले स्थायी कमिटीको आइतबार बिहान बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिन निर्देशन दिएको थियो ।

सर्वोच्च अदालतको २८ असारको फैसलापछि संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आइतबार विश्वासकाे मत लिंदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?