+
+

जसपा सांसद रेणुका गुरुङ पनि उपेन्द्र यादव पक्षतिर

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते १५:११

३ साउन, काठमाडौं । जनता समाजवादी पार्टीका थप एक सांसद उपेन्द्र यादव पक्षतिर लागेका छन् । महन्थ ठाकुर पक्षमा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी रेणुका गुरुङ यादव पक्षको बैठकमा सहभागी भएका हुन् ।

यसअघि शनिबार बसेको बैठकमा सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका थिए भने रुही नाज मिकरानी पनि आफूहरुतिर आएको यादव पक्षका नेताहरुले बताएका छन् ।

यससँगै ३२ सदस्यीय संसदीय दलमा यादव पक्षमा १८ सांसद भएका छन् भने ठाकुर पक्षमा १४ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?