Comments Add Comment

सन्दीपलाई नेपाल नवप्रतिभा सम्मान

फाइल तस्वीर

३ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने नेपाल नवप्रतिभा सम्मानबाट सम्मानित भएका छन् । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले शनिबार लेग स्पीनर सन्दीपलाई नेपाल नवप्रतिभा सम्मानबाट सम्मानित गरेको हो ।

‘दी हन्ड्रेड’ क्रिकेट खेल्नका लागि हाल इंग्ल्याण्डमा रहेका सन्दीप सम्मान कार्यक्रममा उपस्थित थिएनन् । यही जुलाई २१ देखि शुरु हुने दी हन्ड्रेडको पहिलो संस्करणमा सन्दीपले ओभल इन्भिन्सिबलबाट खेल्ने छन् ।

सन्दीपले नेपाल नवप्रतिभा सम्मानद्वारा आफूलाई सम्मानित गरेकोमा लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरप्रति धन्यवाद व्यक्त गरेका छन् । सम्मानबाट अझै जिम्मेवारी थपिँदै गएको अनुभव भएको र खेल कौशलमा केन्द्रित हुने हौसला प्रदान भएको उनले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment