+
+
Shares

बाबुरामको टिप्पणी : हामी अभागीलाई खाने बेलामा रिस उठ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते २०:२४

३ साउन, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीभित्रको विवादका कारण देशमा संकट आइलागेको बताएका छन् । वैकल्पिक सरकार गठन गर्ने बेलामा जनता समाजवादी पार्टी विभाजित हुँदा अरु पार्टीमा पनि समस्या देखिएको भन्दै उनले बताए ।

‘हामी अभागीलाई खाने बेलामा रिस उठ्यो,’ उनले भने, ‘हामी एकढिक्का भएको भए हामी जनता समाजवादी पार्टी आफैंले निकास दिन सक्थ्यौं, हामी आपसमा झगडा गर्न थाल्यौं, फेरि हाम्रा साथीहरु ठीक ठाउँमा आउनुभयो ।’

पूर्वप्रधानमन्त्री भट्टराईले प्रतिगमनकारीको खड्ग प्रहारबाट मुर्छित बनेको प्रतिनिधिसभा र मुर्छित बनेका सांसदहरु फेरि ब्युँतिएको बताए ।

उनले त्यसका लागि सर्वोच्च अदालत, नागरिक समाज र मिडियालाई धन्यवाद दिए । अहिलेको संविधान आधा भरिएको र आधा खाली अवस्थामा रहेको भन्दै नेता भट्टराईले खाली गिलास भर्नुपर्नेमा झन् निवर्तमान प्रधानमन्त्री ओलीले आधा भरिएको गिलास पनि रित्याउन खोजेको आरोप लगाए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?