+
+
Shares

माधव नेपालले देउवालाई भोट दिने, को कोले नदिने ?

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते २०:३९

३ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केही नेताले मात्र प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् ।

पार्टी एकता जोगाउन गठित कार्यदलका सदस्यसहित अन्य केही नेताहरुले विश्वासको मत नदिने भएका छन् । बानेश्वरमै भएको छलफलले सबैले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

कार्यदलमा रहेका घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले विश्वासको मत नदिने भएका छन् । कार्यदलमा नरहेका योगेश भट्टराई, दीपकप्रकाश भट्ट, झपट रावल, यज्ञराज सुनुवार, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, राजबहादुर बुढा, लगायत अन्य केहीले पनि विश्वासको मत नदिने भएका छन् ।

नेता माधवकुमार नेपालले भने देउवालाई विश्वासको मत दिने एक नेताले जानकारी दिए । विश्वासको मत नदिने सांसदहरु तटस्थ बस्ने भएका छन् । तटस्थ बस्ने नेताहरु संसद भवनबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?