+
+
Shares

देउवालाई पाकिस्तानी प्रधानमन्त्रीको बधाई

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ४ गते ९:५०

४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन् ।

देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि समकक्षी खानले बधाई दिएका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले ट्वीट गर्दै आफूले नेपालसँगको सौहाद्र्धपूर्ण सम्बन्धलाई थप सुदृढ गर्न चाहेको बताएका छन् ।

उनले चासोका विषयहरुमा नेपालसँग निकट रुपमा मिलेर काम थर्न चाहेको समेत उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?