Comments Add Comment

एलफ्ट काठमाण्डुले पाहुनाहरुको अधिक सुरक्षा र आराम सुनिश्चित गर्ने

एलफ्ट काठमाण्डु ठमेलले पाहुनाहरुको अधिक सुरक्षा र आराम सुनिश्चित ‘नयाँ सामान्य’ लाई अनुकूलन गरेको छ । यस्तो समयमा स्थानीय समुदायको समर्थनलाई प्राथमिकतामा राख्दै उक्त होटेलले आफ्नो कर्पोरेट सामाजिक जिम्मेवारी मार्फत प्राप्य लक्ष्यहरु निर्धारण गरेको छ ।

उक्त होटेलले थुप्रै अनाथालय, वृद्घाश्रमहरु र स्थानिय जनावरहरुलाई सहयोग गर्नका लागि विभिन्नकोष संकलन कार्यक्रमहरुको सफलपूर्वक आयोजना गरेको छ ।

एलफ्ट् काठमाण्डु ठमेलले द रोयल गार्ड अफ् बहराईन एभरेष्ट् एक्स्पिडिसन टिम र सेभेन समिट ट्रेक्स्सँग पनि सहयोगी अनुदान गरेको छ र प्ा्रयास नेपाल संस्थालाई कपडा, खाद्य तथा सामाग्रीहरु प्रदान गरेको छ ।

महिला सशक्तीकरणलाई समर्थन गर्ने गैर-नाफामुखी संगठन, हात्ती-हात्ती नेपालसँगको सहकार्यमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा छाया सेन्टर कोर्टयाडर््मा एक कार्यक्रम आयोजना गरिएको थियो ।

साथै, होटेलले अभिनेत्री स्वस्तिमा खड्कासँग साझेदारी गर्दै कोष संकलन गरेको थियो जुन महामारीलेजीविकोपार्जनमा असर पुगेका नेपाली फिल्म उद्योगका कामदारहरुका लागी आवश्यक सामाग्रीहरुको खरिदमा प्रयोग गरियो ।

उक्त होटेलले सफलपूर्वक सगरमाथा आरोहण गरेका विश्वभरका प्रतिष्ठित पर्वतारोहीहरुको होस्टिंगको आनन्द पनि लिएको छ । जसमा बहराईनका राजकुमार शेख मोहम्मद हमद अल-खलिफा र बहराईन रोयल र्गाड, ग्रामी नोमिनित गायक माईक पोजनर, खेलाडी कोलिन ओ ब्राडी, शेरोज काशिफ र अरु धेरै रहेका छन् ।

दोस्रो वाषिर्कोत्सवको उपलक्ष्यमा महाप्रबन्धक विक्रम सिंगले भने, ‘अर्को वर्षसँगै नयाँ लक्ष्यहरु तय भएको छ । म सबैलाई दोस्रो वाषिर्कोत्सवको शुभकामना व्यक्त गर्न चाहन्छु । हामी अझै कठिन अप्रत्याशित समयबाट गुजि्ररहेका छौ तर हामीले एक समुहको रुपमा अझ कडा परिश्रमका साथ बलियो हुनुपर्छ । म एलˆट्काठमाण्डु ठमेलको सम्पूर्ण टीमलाई उहाँहरुको उत्कृष्ट टीमवर्कको लागी बधाई दिन चाहन्छु जुन हाम्रो सबै उपलब्धिहरुको मेरुदण्ड हो । हामी पाहुनाहरुलाई पुनः स्वागत गर्न तयार छौँ ।’

पाहुनाहरुको साथ वाषिर्कोत्सव मनाउन होटल सक्षम नहुँदा, एक वाषिर्कोत्सव प्याकेज प्रदान गरिदैँछ, जसमा पाहुनाहरुले खाना र पेय पदार्थहरुमा तोकिएको रकम खर्च गरेपश्चात निः शुल्क बसाई पाउने छन् ।

होटेलले विभिन्न रमाइला पुरस्कार गिभ-अवे र प्रतियोगिताहरु पनि आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment