Comments Add Comment

सूर्य नेपालद्वारा महामारी व्यवस्थापन कोषमा ५० लाखको सहयोग

सूर्य नेपाल प्रालिले तनहुँका शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिकाको ‘कोभिड-१९प्रकोप व्यवस्थापन कोष’मा क्रमश रु. तीस लाख र रु. बीस लाख गरी जम्मा रु. ५० लाख रुपैयाँको सहयोग गरेको छ ।

एक कार्यक्रमकोबीच सूर्य नेपाल प्रालिको शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले सो रकम हस्तान्तरण गरेे । कारखाना प्रबन्धक बाबुराम कार्कीले सूर्य नेपाल प्रा.लि.ले यस क्षेत्रमा गर्दै आएको बिभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने कुरा उल्लेख गरे ।

कम्पनीको मानव संशाधन विभागका अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालिन विकासको लागि स्थानीयसँग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपाल प्रालि सदैव तयार रहेको जानकारी दिए ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका प्रमुख, उप-प्रमुख तथा प्रमुख कार्यकारी अधिकृतहरुले सूर्य नेपाल प्रालिले यस क्षेत्रको सामाजिक आर्थिक बिकासमा गरेको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि यस्तै प्रकारको सहयोगको अपेक्षा समेत गरे ।

सूर्य नेपाल प्रालिले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका तनहुँको ‘कोभिड-१९ प्रकोप व्यवस्थापन कोष’ मा रु. दश लाख तथा सात वटै प्रदेशमा कोभिड विरुद्धको लडाईंमा सहयोग पर्‍याउन रु. एक-एक करोड रकम प्रदान गरेको थियो ।

सूर्य नेपाल प्रालिले यस क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । कम्पनीले गत आवमा पनि म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई १-१ थान एम्बुलेन्स प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment