Comments Add Comment

बकर इद : समर्पण र त्यागको पर्व

मुस्लिम समुदायको घर–दैलोमा ईदको रौनक भित्रिएको छ । यो उनीहरुको दोस्रो महान पर्व हो । इस्लाम पात्रो हिजारी संवत अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौं दिनमा यो पर्व मनाइन्छ । इदुल फित्र अर्थात रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक परम्परा छ ।

ईदलाई उनीहरुले आत्मशुद्धिका लागि मनाउने गर्छन् । पर्व मनाउनुअघि उनीहरु बिहानै नुहाई–धुवाई गर्छन् । शरीरलाई शुद्ध बनाउँछन् । त्यसपछि नयाँ वस्त्रधारण गर्छन् । यसरी शुद्ध भइसकेपछि मस्जिदमा पुग्छन् र नमाज पढ्छन् । त्यसपछि एकअर्कामा अंकलमा गर्दै शुभकामना आदनप्रदान गर्छन् ।

इस्लामिक मान्यता अनुसार हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले सबैभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि उनले आफ्नै छोरोलाई छुरी रोपेर बलि दिएको देखे । भोलिपल्ट विपनामा उनले त्यसैगरी छुरा रोप्दा छोरालाई केही नभई आफुसँग रहेको भेडा मरेपछि सोही घटनाको सम्झना स्वरुप यो पर्व मनाउने गरिएको हो । खासमा जीवन र मरण हाम्रो वशमा छैन भनेर दर्शाउनु नै यसको उदेश्य हो । बरकर इदमा कुर्बानी दिनु एक प्रकारको प्रतिकात्मक सन्देश भएको उल्लेख गरिन्छ ।

किनभने हजरत मोहमदले कहिलै पनि मासु खाएनन् न त अवोध पशुपंक्षीको वध नै गर्ने आदेश दिए । बकर इदको बाहनामा अवोध पशुपंक्षी हत्या गर्नु र त्यसको मासु खानु महापाप हो भनिएको छ ।

अधिकांश मुस्लिमलाई मक्कामा हज तिर्थयात्रा जानु अनिवार्य मानिन्छ । यो साउदी अरबमा अवस्थित छ । मक्कामा हज यात्राका लागि एउटा निश्चित दिन तय गरिन्छ । आजबाट मक्कामा जाने हज यात्राको औपचारिक समापन हुन्छ ।

बकर इदका केही विशेषता

–ईद उल अजहा मुश्लिम समुदायका एक महत्वपूर्ण उत्सव हो । ईद तीन किसिमको हुन्छ । ईदे अजहाका साथै अर्को दुई इद छन्, ईदुलफित्र वा रमजान ईद र अर्को मिलादुन्नबी ।

–यी तीनै ईद भाइचारा, त्याग, समर्पण र मानविय मूल्यमा आधारित छ । यी सबै ईदले आपसमा सद्भाव र प्रेम कायम राख्दै एकढिक्का भएर बाँच्न प्रेरित गर्छ ।

–ईद उल अजहालाई केही नामले पुकारिन्छ । ईदे अजहा इदलाई नमकीन इद पनि भनिन्छ । यस इदलाई ईदे करबां पनि भनिन्छ । नमकिन ईदको अर्थ नमकिन अर्थात नुनिलो पकावनका साथ मनाउने भनिएको हो । जबकि कुरबानीसँग जोडिएकाले यो इदलाई कुरबां पनि भनिन्छ । बालबालिको सामान्यत यसलाई बकरा ईद भन्छन् ।

–खासमा यो ईदको सम्बन्ध बकरेसँग छ । वास्तवमा बकरको अर्थ ठूलो जनवार हो । यसलाई कुरबांको अर्थ बलिदानको भावना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment