Comments Add Comment

एमाले माधव समूहको स्थायी कमिटी बैठक जारी

६ साउन, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक चलिरहेको छ । बैठक भर्चुअल माध्यममा चलिरहेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो । नेता नेपाल सहित २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी र सांसदहरुको पनि बैठक बस्ने संभावना रहेको एक नेताले बताए ।

एमालेको केन्द्रीय समितिको बैठक आज पनि

यसैबीच नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । दिउँसो तीन बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

उनका अनुसार आज पनि संगठनकै बारेमा छलफल हुनेछ । सोमबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा मंगलबार प्रदेशगत रिपोर्टिङ भएको थियो ।

बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने अनुपस्थित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment