Comments Add Comment

मासिक श्राव बन्द हुनु मात्र होइन गर्भवती हुनुको संकेत

दम्पतीको लागि एक सुखद् सूचक हो, गर्भ रहनु । जब दम्पतीले सन्तानको योजना बनाएका हुन्छन्, तब गर्भ रहनु उनीहरुका निम्ति सुखद् खबर हो । तर, कतिपयको लागि यो खबरले त्यस्तो सुख दिदैन । अनपेक्षित रहने गर्भ उनीहरुका निम्ति टाउको दुखाईको विषय बन्न सक्छ ।

गर्भ रहेको वा नरहेको कुरा कसरी भेउ पाउने ?

यसका लागि पिसाब जाँच्ने सामान्य र सरल विधी छ । प्रेग्नेन्सी टेस्ट किटको माध्यामबाट कुनैपनि महिलाले घरमै गर्भ रहेको वा नरहेको पक्का गर्न सक्छन् ।

साथै गर्भ रहेको सरल सूचक हो, महिनावरी रोकिनु । अर्थान नियमित महिनावरी रोकिएपछि त्यसलाई नै गर्भ रहेको संकेतको रुपमा बुझिन्छ । त्यसैगरी महिलाको स्तन केही कोमल हुन्छ, केही थकान महसुष हुन्छ । मर्निङ सिकनेस पनि यसको अर्को लक्षण हो । यी सबै कुराहरु एकसाथ देखिए यो कुरा पक्का गर्न सकिन्छ कि, गर्भ रह्यो ।

तर, यी लक्षणहरु देखिनुअघि पनि महिलामा गर्भ रहे वा नरहेको केही संकेत देखापर्छ । यी संकेतलाई मिहिन रुपमा ख्याल गरेमा गर्भ रहेको वा नरहेको थाहा हुन्छ ।

भेजाइनल डिस्चार्ज अर्थात योनी स्राव

यसलाई अक्सर गर्भावस्थासँग जोडेर हेरिदैन । तर, कहिले काहीँ योनी स्राव अर्थात भेजाइनल डिस्चार्जले गर्भवती भएको संकेत दिन्छ । गर्भावस्थाको क्रममा चिपचिपे, सेतो वा हल्का पहिलो रंगको योनी श्राव हुनसक्छ । वास्तवमा हर्मोन्स बढाउन र योनीको रक्त प्रवाह बढाउनका लागि यस किसिमको योनीश्राव हुन्छ ।

गर्भावस्थाको बेला यो बढ्दै जान्छ ताकि महिलाको गर्भाशय ग्रीवा र योनीको भित्ता नरम गरेर संक्रमण रोक्न सकियोस् । तर, गन्धसहितको हरियो–पहेंलो रंगको योनीश्राव भयो भने यो संक्रमणको संकेत हुनसक्छ । त्यसैले चिकित्सकसँग परामर्श लिनैपर्छ ।

शरीरको तापमान बढ्नु

सुन्नमा तपाईंलाई अनौठो लाग्नसक्छ तर, शरीरको तापमान बढ्नु पनि गर्भवती हुने इशारा हो । पहिलो पटक डिम्बोत्सर्जन अर्थात ओभ्युलेशन पछि बिहान उठ्दा शरीरको तापमान थोरै बढेको हुनसक्छ । यसलाई बेसल बडी टेम्पेचरको रुपमा बुझिन्छ । यो दुई सप्ताहभन्दा बढी समय रह्यो भने तपाईंमा गर्भ रहेको संकेत हुनसक्छ ।

रक्तश्राव रोकिनु

यो सबैभन्दा सरल र साझा संकेत हो, गर्भ रहेको । तर, सबै अवस्थामा मासिक श्राव रोकिनुको अर्थ गर्भ रहनु होइन । लगभग २५–४० प्रतिशत गर्भवती महिलामा गर्भधारण भएपछि हल्का रक्तश्राव हुन्छ वा सुरुवातमा केही धब्बा देखिन्छ । यसबाट कति महिलालाई के लाग्छ भने मासिक श्राव भयो । तर, हल्का रक्तश्राव तब हुन्छ जब निषेचित अन्ड गर्भाशयमा जोडिन्छ । गर्भाधानको दुई सप्ताहपछि यहाँ तपाईं हल्का धब्बा देख्न सक्नुहुन्छ ।

पटक पटक बिमार हुनु

गर्भावस्थाले तपाईंको प्रतिरक्षा क्षमता कमजोर बनाउँछ । यसैको कारण ज्वरो, खोकी, फूलु हुने संभावना रहन्छ । हुन त यस्तो लक्षण अन्य बेला पनि देखिन सक्छ । यद्यपि बेलाबखत गर्भास्था हुँदा ज्वरो, खोकी लगायतका लक्षण देखिन सक्छ ।

मूड स्विंग हुनु

जब महिला गर्भवती हुन्छन्, तब हर्मोनमा अचानक परिवर्तन हुन्छ । यस्तो अवस्थामा उनीहरुले आफ्नो भावनालाई नियन्त्रण गर्न सक्दैनन् । उनीहरुको मुड परिवर्तन भइरहनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment