१५ कात्तिक, बुटवल । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण भएको छ ।
धनगढीबाट १० बजे उडेको फलाइट नम्बर २२२ को विमान काठमाडौं नपुग्दै बीच बाटोमै हाइड्रोलिक फेलियर भएपछि सुरक्षित अवतरणका लागि गौतमबुद्ध विमानस्थलमा अवतरण गराइएको हो ।
हाइड्रोलिक फेल भएका कारण विमान रन वेबाट गुड्न नसकेपछि करिब ४० मिनेट विमानस्थलका अन्य उडानहरू अवरुद्ध हुन पुगेका विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए ।
आकस्मिक अवतरण भएपछि चालक दलका सदस्य र ८२ जना यात्रुहरु सकुशल छन् । उनीहरु विमानस्थलमा रहेका छन् । उनीहरुलाई लिन काठमाडौंबाट अर्को विमान आउँदैछ ।
अवतरण गर्ने क्रममा विमानको अगाडिको ल्यान्डिङ्ग गियर नखुलेकोले धानवमार्गमा रोकिएको थियो । साढे १२ बजे मात्रै ल्याण्डिङ गियर खुलेपश्चात् विमान गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको ट्रमिनलको पार्किङ स्थलमा राखिएको छ ।
अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ ।
प्रतिक्रिया 4