News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय कराँते खेलाडी एरिका गुरुङलाई मनमैजु डोजोका प्रमुख प्रशिक्षक निरज महर्जनले क्यानाडामा सम्मान गरेका छन्।
- मलेसियामा भएको डब्लुकेएफ कराँते सिरिज ए विश्व च्याम्पियनसिपमा एरिकाले स्वर्ण पदक जितेकी छिन्।
- एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने कराँते विश्व च्याम्पियनसिपमा खेल्नेछिन् र सानुमाया थिङ पनि सहभागी हुँदैछिन्।
१५ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय कराँते खेलाडी एरिका गुरुङ सम्मानित भएकी छिन् । क्यानाडामा बासोबास गर्दै आएका मनमैजु डोजोका प्रमुख प्रशिक्षक निरज महर्जनले शनिबार एरिकालाई सम्मान गरेका हुन् ।
मलेसियामा भएको डब्लुकेएफ कराँते सिरिज ए विश्व च्याम्पियनसिप स्वर्ण पदक जितेकोमा हौसला स्वरुप निरजले एरिकालाई नगद ५० हजार हस्तान्तरण गरे ।
मनमैजुस्थित कार्यक्रममा मनमैजु डोजोका अध्यक्ष तथा संयोजक विकास राजबाहक तथा राष्ट्रिय खेलाडी सन्तोष श्रेष्ठको पनि उपस्थिति थियो ।
एरिकाले चीनमा आयोजना भएको १९औं एसियन गेम्समा देशलाई ऐतिहासिक रजत पदक जिताएकी थिइन् । नेपाली कराँते इतिहासमा कुनै पनि खेलाडीले डब्लुकेएफ सिरिज वान जितेको पहिलो पटक हो ।
एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने कराँते विश्व च्याम्पियनसिपमा समेत खेल्दैछिन । उनीसँगै एकल कातामा सानुमाया थिङ पनि विश्व च्याम्पियनसिपमा सहभागी हुँदैछिन् ।
प्रतिक्रिया 4