Comments Add Comment

‘सक्किगोनि’मा फर्किइन् रक्षा

कलाकार रक्षा श्रेष्ठ हाँस्य टेलिसिरियल ‘सक्किगोनि’मा फर्किएकी छिन् । भोलि बिहीबार प्रशारण हुने नयाँ भागबाट दर्शकले रक्षालाई हेर्न पाउने भएका छन् । रक्षा झण्डै १५ महिनापछि ‘सक्किगोनि’मा फर्किएकी हुन् । टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकार समेत रहेका कुमार कट्टेलले बिहीबारको भागदेखि टेलिसिरियलमा रक्षाको अभिनय रहने जानकारी दिए । ‘रक्षाजी सक्किगोनिमा फर्किनुभएको छ । बिहीबारको भागदेखि उहाँलाई पनि दर्शकले हेर्न पाउनुहुनेछ । उहाँको पुनरागमनलाई लिएर हामी अझ उत्साहित छौं’– कुमारले भने ।

टेलिसिरियल ‘भद्रगोल’मा अभिनय गरेपछि रक्षालाई दर्शकले निकै रुचाएका थिए । ‘सक्किगोनि’का केही भागमा पनि उनलाई दर्शकले हेर्न पाएका थिए । तर, आमा बन्ने भएपछि उनले केही समयका लागि अभिनयबाट ब्रेक लिएकी थिइन् । उनले दुई महिना अघि छोरीलाई जन्म दिएकी छिन् ।

आमा बनेपछि उनी म्युजिक भिडियोबाट अभिनयमा फर्किसकेकी छिन् । दुई दिनअघि मात्रै रक्षा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रक्षाले आफू केही समयको ब्रेकपछि लोकप्रिय हाँस्य सिरियलमा फर्किन पाउँदा खुशी लागेको बताइन् । उनले भनिन्–‘दर्शकमाझ फेरि आउन पाउँदा उत्साहित छु । तर, पहिले जस्तो सुटिङमा मात्र ध्यान दिन नपाइने रहेछ । सुटिङको समयमा पनि छोरीको चिन्ता भने लाग्दोरहेछ ।’

‘सक्किगोनि’ हिमालय टेलिभिजनबाट बिहीबार बेलुका ८ बजे प्रशारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment