+
+

संसद पदबाट राजीनामा दिने अमरेश सिंहको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ६ गते १६:१६

६ साउन, काठमाडौं । नेपाली कांग्रेका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिने चेतावनी दिएका छन् । समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँधली भएको भन्दै उनले राजीनामाको धम्की दिएका हुन् ।

यसबारे वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काका साथै नेता शेखर कोइरालासँग कुराकानी भइरहेको उनले बताए । अब सभापतिलाई भेटेर राजीनामा पत्र बुझाउने तयारीमा रहेको भन्दै सांसद सिंहले भने, ‘कांग्रेसका लागि रात दिन काम गरेका कार्यकर्तालाई पाखा लगाइएको छ । ठेकदार, व्यापारीलाई क्रियाशील सदस्यता दिइएको छ ।’

आफ्नै पार्टीका कार्यकर्तालाई न्याय दिन नसक्ने हो भने सांसद पदमा बसेर जनताको सेवा गर्न नसक्ने भएकाले प्रनिधिसभा सदस्य पदबाट राजीनामा दिन खोजेको सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सिंहले बताएका छन् ।

सर्लाहीमा जंगलाल राय, शम्भुलाल श्रेष्ठ लगायत अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई समायोजनका नाममा ठूलो संख्यामा क्रियाशील सदस्यता दिइएको छ । यसले आफूहरु अन्यायमा परेको भन्दै सर्लाहीका नेता कार्यकर्ताले केही दिनदेखि पार्टी कार्यालय, सानेपामा धर्ना समेत दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?