+
+
Shares

ओलीलाई नेपाल पक्षको आग्रह : नाराबाजी रोक्नुस्, एकता प्रक्रिया अघि बढाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ६ गते २०:५८

६ साउन, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकतामा जोड दिएको छ । माधवकुमार नेपालसहितका नेताहरुविरुद्ध भइरहेको नाराबाजी रोकेर एकताका लागि गम्भीरताका साथ प्रयास गर्न आग्रह गरेको छ ।

आइतबार नेता नेपालसहित २२ सांसदले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएपछि नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको पहिलो बैठक बुधबार बसेको थियो । बैठकमा उपाध्यक्ष भीम रावल भने अनुपस्थित थिए ।

बैठकले एकता प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिएको नेता रघुजी पन्तले जानकारी दिए ।

बैठकद्वारा पारित प्रस्तावमा भनिएको छ, ‘एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थमा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारा जुलुस गर्ने एवं पुत्ला जलाउनुका साथै संविधान र सर्वोच्च अदालतको फैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरुविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्छ । यस्ता गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अगाडि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको ध्यानाकर्षण गराउँछ ।’

एकता वार्ता चलिरहेको बेला स्पष्टीकरण सोध्नु एकता प्रक्रियामा भाँजो हाल्ने काम भएको नेता पन्तले बताए । उनले अघि भने, ‘अदालतको फैसलाले प्रष्ट रुपमा धारा ७६ (५) मा सांसदलाई विवेक प्रयोग गर्ने अधिकार दिइसकेपछि त्यसलाई आधार बनाएर अरु निहुँ झिकेर स्पष्टीकरण सोध्नु राम्रो भएन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?