+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

स्पष्टीकरण पत्र बुझेपछि पार्वती विशुंखे भन्छिन्- अब केपी ओलीलाई कारबाही गर्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ६ गते १७:०९

६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका छन् ।

तर ओलीले स्पष्टीकरण सोध्नुको ठोस कारण खुलाएका छैनन् । स्पष्टीकरण पत्र बुझेकी प्रतिनिधिसभा सदस्य पार्वती विशुंखे भने अध्यक्ष ओली नै कारबाहीयोग्य बन्दै गएको बताउँछिन् ।

‘पार्टी दलको बैठक नराखी संसद विघटनको निर्णय गर्ने, संविधानले नदिएको अधिकार प्रयोग गरी मुलुकमा संवैधानिक संकट निम्त्याउने काम केपी ओलीबाट भएको छ,’ उनी भन्छिन्, ‘कारबाही त केपी ओलीलाई पो गर्नुपर्छ अब ।’ अध्यक्ष ओलीले पार्टी विधान समेत पालना नगरी अवैधानिक गतिविधि गरेको उनको भनाइ छ ।

संविधानको धारा ७६(५) ले दिएको अधिकार प्रयोग गरी स्वविवेकीय अधिकार प्रयोग गरी आफूले संविधान र संसद बचाएको विशुंखेले बताइन् । स्पष्टीकरण पत्रबारे पनि नेताहरु बीच छलफल भइरहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?