Comments Add Comment

प्रतिबन्धित पदार्थ बेचेको भन्दै चार जना रेडबुल बिक्रेता पक्राउ

६ साउन, काठमाडौं । प्रतिबन्धित क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ रेडबुल बिक्री गरेको अभियोगमा काठमाडौंबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा न्युरोडको प्रणव स्टोरका रविनराज श्रेष्ठ, गोंगबुका राजु पौडेल, कपनको शक्तिमाता स्टोरका सञ्चालक धनबहादुर श्रेष्ठ र सर्लाहीका वीरेन्द्र चौधरी छन् ।

पौडेल र चौधरी रेडबुलको ओसारपसारमा संलग्न रहेको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए । ‘२०७६ असार २ मा राजपत्रमा सूचना प्रकाशित गरेर क्याफिनयुक्त उत्पादन प्रयोगमा प्रतिबन्ध लगाइएको थियो, त्यही अनुसार पक्राउ गरेका हौं,’ कोइरालाले अनलाइनखबरसँग भने, ‘विशेष गरी भारतबाट लुकिछिपी ल्याइएका उत्पादनमा क्याफिन पाइएको छ ।’ उनका अनुसार नेपाली उत्पादनमा क्याफिनको प्रयोग देखिएको छैन ।

उनीहरुबाट २०२ कार्टुन रेडबुल बरामद गरिएको कोइरालाले बताए । पक्राउ परेकाहरुलाई थप कारबाहीका लागि भन्सार विभाग पठाइने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment