Comments Add Comment

दराज–सामसंगबीच साझेदारीः नयाँ सामसंग ग्यालेक्सी एफ २२ को प्रि-बुकिङ्ग सुरु

६ साउन, काठमाडौँ।  दराजले सामसंग नेपालसँग साजेदारी गरि नयाँ ग्यालेक्सी एफ २२ को प्रि–बुकिङ्ग सुरु भएको घोषणा गरेको छ । ग्यालेक्सी एफ २२ को लन्च संगै सामसंगको एफ सिरिज नेपालमा पहिलो चोटी भित्रिदै छ। ग्राहकहरु अब दराज एप मार्फत श्रावन ६ देखि ग्यालेक्सी एफ २२ को प्रि–बुकिङ्ग गर्न सक्नेछन् ।

सामसंग ग्यालेक्सी एफ २२ अक्टा कोर मिडियाटेक हिलियो जी ८० प्रोसेसोरले सुसज्जित छ र यसमा दुई कर्टेक्स ए ७६ कोर र छ कर्टेक्स ए ५५ कोर रहेको छ ।

शक्तिशाली र सुदृढ प्रदर्शन यो फोनको आकर्षण हो। यसै गरि सामसंग ग्यालेक्सी एफ २२ को डिस्प्लेको कुरा गर्दा यो फोन मा ६.४” यच डि + इन्फिनिटी–यु सुपर आमोलेड डिस्प्ले रहेको छ भने त्यो डिस्प्ले कोर्नारिंग गोरिल्ला ग्लास ५ मार्फत सुरक्षित राखिएको छ ।

यसैगरि ग्यालेक्सी ग्यालेक्सी एफ २२ एन्ड्रोइड ११ र वान यु आई कोर ३१मा चल्छ भने एसले प्रयोगकर्ताहरुलाई सरल डिजाइन दिनकासाथ फोनलाई आफु अनुकुल बनाउन सकिन्छ। सुरक्षाको लागि को फोन को छेउ पट्टि फिंगर प्रिन्ट स्क्यानर र अगाडी को क्यामेरा मा फेस अनलक को फिचर उपलब्ध छ ।

क्यामेराकोको कुरा गर्दा ग्यालक्सी एफ २२ मा क्वाड क्यामेरा सेटअप रहेको छ जसमा ४८ यम पी वाइड क्यामेरा, ८ यम पी अल्ट्रा वाइड क्यामेरा, २ यम पी म्याक्रो क्यामेरा, २ यम पी देप्थ साथै एलईडी फ्ल्याश, प्यानारोमा र यच डि आर जस्ता अन्य फिचर्सहरु रहेको छ। यो क्वाड सेटपले सुन्दर तस्बिर र हाई रेजोलुसन भिडियोहरु खिच्न सरल रुपमा सम्भब बनाउदछ ।

साथै, फ्रन्ट क्यामेरा ८ यम पीको रहेको छ जसबाट स्पष्ट र प्राकृतिक फोटोहरु सजिलैसंग खिच्न सकिन्छ। क्यामेरा का थप अन्य बिशेस्थाहरु भने फूड मोड, हाइपरल्याप्स, स्लो मोशन, एआर जोन र प्रो मोड रहेको कम्पनीले जनाएको छ ।

र अब सामसंग ग्यालेक्सी एफ २२ श्रावन ३ ( जुलाई २१) देखि दराजमा प्रि–बुकिंगको लागि उपलब्ध हुनेछ भने ९ श्रावन (२७ जुलाई) देखि शिपिंगका लागि उपलब्ध हुनेछ। दराजले अहिले नेपालका ४७ भन्दा बढी शहरहरूमा डेलिभर गर्दछ र दराज मार्फत तपाईले यो फोन आफ्नो घरको ढोकामै मगाउन सक्नुहुन्छ।

एक वर्षको ब्रान्ड वारनटि, १४ दिन रिटर्न पोलिसीको पनि ग्राहकहरुले मज्जा लिन सक्नेछन्। येसैगरि, ग्राहकहरूले ग्यालक्सी एफ २२लाई दराज मार्फत ०% ब्याज ईयमआइ मा पनि खरीद गर्न सक्दछन् ।

ग्यालेक्सी दुई एफ २२ भेरियेण्टमा उपलब्ध छ – ४ जीबी राम /६४ जीबी स्टोरेज, र ६ जीबी राम /१२ जीबी स्टोरेज । ४ जीबी को मूल्य रहेको छ रु २०,४९९ भने ६ जीबी को मूल्य छ रु २३,९९। ग्यालक्सी एफ २२ कालो र लाईट ब्लुमा उपलब्ध छ।

यसैगरि, दराज महाबचात बजार मा खरिद गरे थप छुट हरु प्राप्त गर्न सक्छन् । महाबचत बजारमा कुनै पनि सामान खरिद गरे ग्राहकहरुले म्याक बुक प्रो १३ पनि जित्ने मौका पाउनेछन्। आजै दराज एप डाउनलोड गर्नुहोस् र नयाँ सामसंग ग्यालेक्सी एफ २२ प्रि–बुकिङ्ग गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment