
६ साउन,काठमाडौं । उद्योगपति बिनोद चौधरीले नेपालको आर्थिक सुधारका लागि अब अनुकुल वातावरण बनेको बताएका छन् । नेपाल उद्योग परिसंघको १८ औं वाषिर्क साधारण सभालाई सम्बोधन गर्दै उद्योगपति चौधरीले २०४६ सालपछि अंगालिएको आर्थिक उदारीकरणको बाँकी काम पुरा गर्ने समय आएको बताए ।
नेपाली काँग्रेसले गरेको लाइसेन्स र टिप्पणीतन्त्रको अन्त्यमै अडि्कएको नेपालको अर्थतन्त्रले २५ वर्षमा द्वन्द्ध र राजनीतिक अस्थिरता हुँदै कोभिडसम्म झेलेको चौधरीले बताए ।
‘राजनितिक अस्थिरता, हरेक वर्ष बदलिने सरकारले नेपाली अर्थतन्त्रलाई अघि बढ्न दिएन, यही दौरान १२ वर्षको द्वन्द्व झेल्नु पर्यो, अब दोस्रो चरणको सुधार थालौं,’ उद्योगपति चौधरीले भने ।
नयाँ सरकारबाट आफूले त्यो अपेक्षा गरेको भन्दै उनले त्यसका लागि सबै नागरिकलाई खोप प्राथमिकता भएको चौधरीले बताए । दक्षिण एसियाको सबैभन्दा आकर्षक लगानी योग्य देश नेपाल हो भनेर चिनाउन अहिलेका अर्थमन्त्री जनार्दन शर्माले काम गर्न सक्ने भन्दै चौधारीले सकारात्मक प्रयासबाट विश्वका उत्कृष्ट स्वास्थ्य र शिक्षालयको लगानी नेपाल भित्र्याउन सकिने दावी गरे ।
भारत र चीनका ५० लाख मानिसलाई नेपाल भ्रमण गराउने लक्ष्य राखे वाषिर्क ४ लाख युवाले रोजगारी पाउने भन्दै उनले विदेशिने युवालाई स्वदेशमै रोक्न सकिने बताए ।
‘वाषिर्क रुपमा रोजगारीको खोजीमा आउने नयाँ चार लाख जनशक्तिलाई खाडी देश वा भारत पस्नुको कुनै विकल्प छैन उनीहरुलाई स्वदेशमै गरिखान दिनुपर्छ,’ चौधरीले भने ।
प्रतिक्रिया 4