+
+

सौरभ राणालाई डीआईजीमा बढुवा गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ७ गते २०:१४

७ साउन, काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई प्रहरी नायब महानरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याजी उनलाई बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

डीआईजी सहकुल बहादुर थापाको एआईजीमा बढुवा भएपछि एउटा दरबन्दी खाली थियो । राणा एक वर्ष अघि धरानकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए । सुनसरी जिल्ला अदालतले उनलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?