Comments Add Comment

यो वर्ष २० कम्पनीको पौने ८ करोड कित्ता आईपीओ खुल्दै (सूचीसहित)

८ साउन, काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा २० कम्पनीको आईपीओ बिक्री खुल्ने भएको छ । झण्डै पौने आठ करोड कित्ता हाराहारीको आईपीओका लागि पाँच कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् । थप १५ वटा कम्पनी आईपीओ अनुमतिको प्रक्रियामा छन् ।

सात अर्ब ८३ करोड ९० लाख ८४ हजार रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित ७ करोड ८३ लाख ९० हजार ८४ कित्ता आईपीओको यो आर्थिक वर्षमा जारी हुने प्रक्रियामा रहेको धितोपत्र बोर्डका सूचना अधिकारी रुपेश केसीले बताए ।

‘गत आर्थिक वर्षमै अनुमति पाएका पाँच कम्पनी आईपीओ जारी गर्ने क्रममा छन् । बाँकी १५ कम्पनीको आईपीओ जारी गर्ने मागबारे बोर्डले अध्ययन गरिरहेको छ,’ सूचना अधिकारी केसीले भने । प्रक्रिया पुगेका कम्पनीलाई क्रमैसँग आईपीओ जारीको अनुमति हुने पनि उनले बताए ।

यी हुन् छिट्टै आईपीओ आउने पाँच कम्पनी 

धितोपत्र बोर्डले गत आर्थिक वर्षमै आईपीओ जारी गर्नका लागि अनुमति जारी गरेको पाँच कम्पनीको आईपीओ छिट्टै बिक्रीमा आउँदै छ । पाँच कम्पनीको दुई अर्ब ३३ करोड ६० लाख ३६ हजार रुपैयाँ बराबरको दुई करोड ३३ लाख ६० हजार ३६ कित्ता आईपीओ एक/दुई महिनाभित्रै बिक्रीमा आउँदैछ ।

जसमा तीन वटा कम्पनी जलविद्युत, एउटा लघुवित्त र एक इन्स्योरेन्स कम्पनी छन् । जसमध्ये मैलुङ खोलको आईपीओ १४ साउनदेखि बिक्रीमा आउँदै छ भने अन्यको मिति निश्चित भएको छैन ।

छिट्टै आईपीओ आउने पाँच कम्पनीहरू

क्र.सं. कम्पनीको नाम आईपीओ कित्ता आईपीओ कूल रकम कसले पाउने ?
१. मध्य भोटेकोशी जलविद्युत कम्पनी एक करोड ५० लाख कित्ता एक अर्ब ५० करोड स्थानीय र सर्वसाधरण
२. मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड ७ लाख ३६ हजार २७६ कित्ता ७  करोड ३६ लाख २८ हजार ६ सय सर्वसाधरण
३. सानिमा लाइफ इन्स्योरेन्स ६० लाख कित्ता ६० करोड रुपैयाँ कर्मचारी र सर्वसाधारण
४. मनुषी लघुवित्त वित्तीय संस्था ३ लाख ९३ हजार ७५० कित्ता तीन करोड ९३ लाख ७५० रुपैयाँ कर्मचारी र सर्वसाधारण
५. सामलिङ पावर कम्पनी लिमिटेड १२ लाख ३० हजार कित्ता  १२ करोड ३० लाख स्थानीय र सर्वसाधारण
  • स्रोतः नेपाल धितोपत्र बोर्ड

पाइपलाइनमा १५ कम्पनीको साढे पाँच करोड कित्ता

थप १५ वटा कम्पनीको ५ करोड ५० लाख ३० हजार ४८ कित्ता आईपीओ पनि यसै वर्ष जारी हुने प्रक्रियामा रहेको धितोपत्र बोर्डले जनाएको छ । आईपीओ निश्कासनका लागि आवेदन दिएका तर प्रक्रिया नपुगेका कम्पनीहरुलाई बोर्डले आवश्यक सहजीकरण गरिरहेको बोर्डका सूचना अधिकारी केसीले बताए ।

उक्त आईपीको मूल्य ५ अर्ब ५० करोड ३० लाख चार हजार ८ सय रुपैयाँ बराबर छ । पाइपलाइनमा रहेकामध्ये १२ वटा आईपीओ जलविद्युत कम्पनीको छ । यस्तै एक इन्स्योरेन्स, एक सेवा क्षेत्र र एक लघुवित्त कम्पनी छन् ।

आईपीओ जारी गर्ने पाइपलाइनमा रहेका कम्पनीहरू

क्र.सं. कम्पनीको नाम आईपीओ कित्ता आईपीओ कूल रकम कसले भर्ने ?
१. सयपत्री हाइड्रोपावर लिमिटेड ९ लाख कित्ता ९ करोड स्थानीय र सर्वसाधारण
२. अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी ३३ लाख ७ हजार ५ सय  कित्ता ३३ करोड ७ लाख ५० हजार स्थानीय र सर्वसाधरण
३. दोर्दी खोला जलविद्युत कम्पनी २९ लाख ५१ हजार ९२९ कित्ता २९ करोड ५१ लाख ९२ हजार ९ सय स्थानीय र सर्वसाधारण
४. अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी २० लाख कित्ता २० करोड स्थानीय र सर्वसाधारण
५. एनईएसडीओ सम्बृद्ध लघुवित्त वित्तीय संस्था ८लाख २८ हजार ७५० कित्ता ८ करोड २८ लाख ७५ हजार कर्मचारी र सर्वसाधारण
६. डिस मिडिया नेटवर्क २३ लाख ८५ हजार ९२९ कित्ता २३ करोड ८५ लाख ९२ हजार ९ सय कर्मचारी र सर्वसाधारण
७. ग्रिन भेन्चर लिमिटेड (हाइड्रोपावर) ६२ लाख ५० हजार कित्ता ६२ करोड ५० लाख स्थानीय र सर्वसाधारण
८. आईएमई लाइफ इन्स्योरेन्स ६० लाख कित्ता ६० करोड कर्मचारी र सर्वसाधारण
९. ङ्यादी हाइड्रोपावर लिमिटेड कम्पनी ४० लाख ५० हजार कित्ता ४० करोड ५० लाख स्थानीय र सर्वसाधारण
१०. बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड २५ लाख कित्ता २५ करोड स्थानीय र सर्वसाधारण
११. हिमालयन हाइड्रोपावर लिमिटेड २२ लाख ५० हजार कित्ता २२ करोड ५० लाख स्थानीय र सर्वसाधारण
१२. बलेफी हाइड्रोपावर ३६ लाख ५५ हजार ९४० कित्ता ३६ करोड ५५ लाख ९४ हजार स्थानीय र सर्वसाधारण
१३. बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड १२ लाख कित्ता १२ करोड स्थानीय र सर्वसाधारण
१४. साहश ऊर्जा लिमिटेड १ करोड ५ लाख कित्ता १ अर्ब ५ करोड स्थानीय र सर्वसाधारण
१५. ग्रीन भेन्चर लिमिटेड (हाइड्रोपावर) ६२ लाख ५० हजार कित्ता ६२ करोड ५० लाख स्थानीय र सर्वसाधारण
  • स्रोतः नेपाल धितोपत्र बोर्ड

साथै यही आर्थिक वर्षमा थप पाँच जीवन बीमा कम्पनीको आईपीओ पनि सार्वजनिक निष्काशनमा आउने छन् । तीन वर्षअघि स्वीकृति पाएका १० जीवन बीमा र तीन निर्जीवन बीमा कम्पनीमध्ये गत आर्थिक वर्ष ७ कम्पनीले आईपीओ जारी गरेका छन् । बाँकी ६ मध्ये सानिमा  लाइफ आईपीओ जारी गर्ने प्रक्रियामा छ भने अन्य पाँच कम्पनी आईपीओ जारी गर्न निवेदनको चरणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
नवीन ढुंगाना

ट्रेन्डिङ

Advertisment