+
+

धेरै मुलुकमा डाउन भयो इन्टरनेट, खुलेनन् धेरै बेवसाइट र एप

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते ११:५२
Photo Credit : Erik Isakson | DigitalVision | Getty Images

८ साउन, काठमाडौं । बिहीबार विश्वका धेरै मुलुकमा इन्टरनेटले अचानक काम गर्न छाड्यो । जसको कारण धेरै वेबसाइटहरु र मोबाइल एप चलेका थिएनन् । यी वेबसाइटहरु खोल्दा डीएनएस एरर देखाएको थियो । यसको अर्थ मानिसहरुले कमाण्ड वेबसाइटसम्म पुगेको थिएन ।

समस्या देखिएका वेबसाइटमा अमेजन, पेटीएम, डिज्नी, हटस्टार, एयरबीएनबी, यूपीएस, एचएसबीसी बैंक, ब्रिटिश एयरवेज र प्लेस्टेसन नेटवर्क सामेल छन् । यो समस्या डीएनएस सेवा प्रदायक अकामाईको डीएनएस सेवामा देखिएको गडबडीको कारण उत्पन्न भएको हो ।

डीएनएसको अर्थ डोमेन मेन सिस्टम हो । यो इन्टरनेटको फोनबुक हो । यो डोमेन नेमले कुनै कम्प्युटरको आईपी एड्रेससँग जोड्छ जसको कारण तपाईंले कुनै पनि वेबसाइट हेर्न सक्नुहुन्छ ।

अकामाईले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्राविधिक समस्या सुल्झाइएको जानकारी दिएको छ । पछिल्लो दुई महिनामा दोस्रोपटक ठूलो संख्यामा इन्टरनेट सेवामा अवरोध देखिएको हो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?