+
+
Shares

सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन जुट्यो कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते २१:१०
फाइल तस्वीर

८ साउन काठमाडौं । सत्ता साझेदार दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल बनाएका छन् ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदलमा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ सदस्य छन् । कार्यदलका सदस्यहरुले शुक्रबारदेखि नै छलफल थालेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पहिलो बैठकमा सरकारका साझा कार्यक्रमबारे प्रारम्भीक छलफल भएको छ । साझा कार्ययोजनाको मस्यौदा तयार गर्न कांग्रेस नेता  रिजाल र जसपाका नेता श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । दुई नेताले आइतबारको बैठकमा मस्यौदा पेश गर्ने छन् ।

कार्यदलले नै मन्त्रालय बाँडफाँडबारे पनि निर्णय गर्ने बताइएको छ ।

कार्यदलको सदस्य सचिवको जिम्मेवारी अधिवक्ता केशव जोशीलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?