+

टोकियो ओलम्पिक : जुडोकी सोनिया भट्ट पहिलो खेलमै पराजित

२०७८ साउन  ९ गते ८:४१ २०७८ साउन ९ गते ८:४१
टोकियो ओलम्पिक : जुडोकी सोनिया भट्ट पहिलो खेलमै पराजित

९ साउन, काठमाडौं । नेपाली जुडो खेलाडी सोनिया भट्ट टोकियो ओलम्पिक-२०२० मा पहिलो खेलमै पराजित भएकी छिन् ।

ओलम्पिकको दोस्रो दिन अर्थात शनिबार बिहान भएको भएको राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी इरिना डोल्गोभासँग पराजित भएकी हुन् ।

विश्व वरीयताको नवौं स्थानमा रहेकी इरिनासँग सोनिया इप्पोनको आधारमा पराजित भइन् । सोनिया १ मिनेट १६ सेकेण्ड मात्रै खेलमा टिकिन् ।

यदी इरिनाले फाइनलमा स्थान बनाएको खण्डमा सोनियाले रिपेचमार्फत फेरि प्रतिस्पर्धा गर्न पाउने छिन् ।

१९ वर्षीय सोनिया वाइल्डकार्ड मार्फत ओलम्पिकमा छनोट भएकी हुन् ।

सोनिया २०७६ मा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा महिला ४८ केजीमुनि कास्य जितेकी थिइन् । उनी विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

उता डोपिङ कारण रुस प्रतिबन्धमा रहेकोले इरिनाले रुस ओलम्पिक कमिटिको झण्डामुनि रहेर प्रतिस्पर्धा गरिरहेकी छिन् ।

टोकियो ओलम्पिक सोनिया भट्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय