+
+
Shares

पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग १० घण्टापछि खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ९ गते १९:१४

९ साउन, धनगढी । पहिरोका कारण डडेल्धुरामा अवरुद्ध भएको भीमदत्त राजमार्ग १० घण्टापछि खुलेको छ । डडेल्धुराको आलीताल गाउँपालिका–१ को कटानस्थित शनिबार बिहानदेखि अवरुद्ध राजमार्ग डोजरले पहिरो पन्छाएर साँझ ५ बजे एकतर्फी रुपमा खुलाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुुख प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्र नेपालले पहिरोका कारण अवरुद्ध राजमार्ग तत्काल एकतर्फी रुपमा खुलाएर रोकिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको जानकारी दिए । तर अहिले पनि डोजरले पहिरो पन्छाइरहेकाले राजमार्ग दुुईतर्फी रुपमा सञ्चालनमा आउन अझै समय लाग्ने नेपाल बताउँछन् ।

उनकाअनुसार अहिले डडेल्धुराको आलीताल गाउँपालिका र गन्यापधुुरा गाउँपालिकाको डोजरले पहिरो पन्छ्याउन काम गरिरहेका छन् । सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा सयौंको संख्यामा सवारीसाधन दिनभरि डडेल्धुराको कटालमै रोकिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?