+

दुई पटक स्वर्ण जितेकी जाड जोन्स टोकियो ओलम्पिकमा पहिलो राउण्डमै पराजित

२०७८ साउन  १० गते १४:४५ २०७८ साउन १० गते १४:४५
दुई पटक स्वर्ण जितेकी जाड जोन्स टोकियो ओलम्पिकमा पहिलो राउण्डमै पराजित

१० साउन, काठमाडौं । दुई पटकका ओलम्पिक च्याम्पियन तेक्वान्दो खेलाडी जाड जोन्स टोकियो ओलम्पिक २०२० को पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानमा जारी ओलम्पिकमा बेलायतकी जोन्स रिफ्युजी ओलम्पिक टिमकी किमिय अलिजादेहसँग पराजित भइन् ।

लगातार तीन पटक ओलम्पिक च्याम्पियन बन्ने लक्ष्यमा रहेकी जोन्स एलिजादेहसँग १६–१२ ले पराजित भइन् । एलिजादेहले सन् २०१६ को रियो ओलम्पिकमा कास्य पदक जितेकी थिइन् । यदि एलिजादेह फाइनल पुगेमा जोन्सले रिपेचमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछिन् ।

एलिजादेहसँगको पराजय जोन्सका लागि स्तब्धपूर्ण नतिजा नै बन्यो ।

टोकियो ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय