+
+
Shares

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १० गते १५:४१

१० साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका बेला देउवाले आफ्नो पार्टीका सांसद श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा ल्याएका हुन् । योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ ।

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आइतबार अपरान्ह ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शपथ लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?