+
+
Shares

बैंक कर्मचारीको सामाजिक सुरक्षा कोषसम्बन्धी रिटमा न्यायाधीशको राय बाझियो

अब तीन न्यायाधीशको इजलासमा पेश हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १० गते १६:४२

१० साउन, काठमाडौं । बैंक कर्मचारीले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन बाध्य पारिएको भन्दै दायर गरेको रिटमा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ ।

आइतबार न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले फरक फरक राय दिएपछि अब यो रिटको सुनुवाई ३ न्यायाधीशको इजलासमा हुने भएको छ ।

न्यायाधीश केसीले बैंक कर्मचारी अनिवार्य रुपमा आवद्ध हुनुपर्ने भनी सामाजिक सुरक्षा कोषबाट जारी भएको सूचना, विज्ञप्तिलगायत यस सम्बन्धमा भए गरेका सबै निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी हुने राय दिएका छन् ।

त्यस्तै न्यायाधीश बमकुमार श्रेष्ठले भने बैंक कर्मचारीको मागको विषयमा पूर्ण सुनुवाई हुँदा छलफल भई निरुपाण हुने प्रकृतिको रहेको भन्दै हाललाई अन्तरिम आदेश जारी गर्न नपर्ने राय दिएका छन् ।

सामाजिक सुरक्षा कोषले असार मशान्तभित्र आवद्ध हुन दबाब दिएपछि बैंकका कर्मचारीहरु त्यसविरुद्ध रिट लिएर सर्वोच्च पुगेका थिए ।

बैंक कर्मचारीहरुले सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा आफूहरुले खाईपाई आएको सुविधा घट्ने र सामाजिक सुरक्षा कोषले दिने प्रतिफल पनि कर्मचारी सञ्चयकोषजस्ता संस्थाले दिने भन्दा कम रहेको भन्दै आवद्ध हुन अस्वीकार गर्दै आएका छन् ।

हेर्नुहोस् आदेश

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?