+
+

कोरोना खोप लगाएकाहरुमा पनि मास्क अनिवार्य गर्न विचार गरिरहेका छौं : डा. फाउची

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ११ गते ८:०८

११ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोना भाइरसको संक्रमण बढिरहेको बेला अमेरिका गलत दिशामा हिंडिरहेको टिप्पणी गरेका छन् ।

स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको पनि उनले बताएका छन् । आइतबार सीएनएनसँग कुरा गर्दै फाउचीले सो कुरा बताएका हुन् । फाउचीका अनुसार कोरोनाभाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा अति संक्रामक डेल्टा भेरिअन्ट बढिरहेको छ ।

प्रमुख संक्रामक रोग विशेषज्ञ फाउचीका अनुसार अमेरिकामा कोरोना भाइरस नलगाएका ९९.२ प्रतिशत व्यक्तिको कोरोनाबाट मृत्यु भएको छ ।

अमेरिकामा हालसम्म ४९ प्रतिशतले पूर्ण खोप लगाइसकेको बताइन्छ । गत अप्रिलदेखि भने खोप लगाउने दर केही घटेको देखिएको छ । डा. फाउचीले युवाहरुले खोप लगाउन नमान्नु निकै निराशाजनक भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?