+

रेन्जर्ससँग रियल पराजित

२०७८ साउन  ११ गते ८:५४ २०७८ साउन ११ गते ८:५४
रेन्जर्ससँग रियल पराजित

११ साउन, काठमाडौं । प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा स्पानिस क्लब रियल मड्रिड स्कटिस क्लब रेन्जर्ससँग पराजित भएको छ ।

आइतबार राति भएको खेलमा सुरुआती अग्रता लिएपनि रियल रेन्जर्ससँग २-१ ले पराजित भएको हो ।

आइब्रोक्स स्टेडियममा भएकाे खेलको आठौं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

पहिलाे हाफमा रियलले अग्रता लिएपनि दाेस्राे हाफमा रेन्जर्सले पुनरागमन गर्‍यो ।

५५औं मिनेटमा फाशीन साकलाले रेन्जर्सका लागि बराबरी गाेल फर्काए ।

७६औं मिनेटमा नाचो फर्नान्डेज दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएपछि रियल १० खेलाडीमा समेटियो ।

त्यसपछि ७७ औं मिनेटमा सेड्रिक इटेनले गोल गर्दै रेन्जर्सलाई २-१ को जित दिलाए ।

रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय