+
+

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलनमा

खाईपाई आएको सुविधा घटाएको भन्दै विरोध

आर्यन धिमाल आर्यन धिमाल
२०७८ साउन ११ गते १३:२४

११ साउन, काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कलेजमा नयाँ व्यवस्थापन आएपछि विगतमा खाइपाइ आएको सेवा सुविधा कटौती भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

नयाँ व्यवस्थापनले पुरानो कर्मचारी विनियम खारेज गरेर नयाँ लागू गरेको र त्यसमा कर्मचारीको सेवा सुविधा कटौती गरिएको कर्मचारीहरुले बताएका छन् । सोमबार केही कर्मचारीलाई अस्पताल प्रवेशमा नै रोक लगाएपछि उनीहरुले गेटमै धर्ना दिएर नाराबाजी गरेका छन् ।

परीक्षण काल पूरा गरेका कर्मचारीलाई डेढ वर्षपछि स्वतः स्थायी गर्नुपर्नेमा नगरेको, कर्मचारीलाई आधा तलब मात्र दिएको, उपचार सुविधा नदिएको भन्दै कर्मचारीले आन्दोलन गरेका हुन् ।

काठमाडौं मेडिकल कलेज व्यवसायी डा. सुनील शर्माले खरिद गरेपछि कर्मचारीको सुविधा खोसिएको आन्दोलनरत कर्मचारीले बताएका छन् ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?