Comments Add Comment

वीरगञ्जबाट पेस्तोलसहित तीन जना पक्राउ

११ साउन, वीरगञ्ज । प्रहरीले अवैध हतियारसहित वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया बस्ने २२ वर्षीय अनिल पटेल, २० वर्षीय रक्की पटेल र पोखरिया नगरपालिका–२ बस्ने २० वर्षीय विक्रान्त पटेललाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।

वीरगञ्ज–१५ लक्ष्मणवा चोक नजिकै एक होटलमा सानो हतियार बेचबिखन गर्ने उद्देश्यले तीन जना बसिरहेको भन्ने सूचनाको आधारमा प्रदेश २ प्रहरी कार्यालयको सूचना संयन्त्र तथा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

होटलमा खाजा खाएर बसिरहेका उनीहरुको शरीर खानतलासी लिँदा अनिलको साथबाट एक थान कटुवा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनीहरुको साथबाट पेस्तोल तथा प्रदेश २–०३–०१३ प २०९७ नम्बरको मोटरसाइकल र अन टेस्ट सुपर स्प्लेन्डर मोटरसाइकल बरामद गरिएको उनले बताए ।

पक्राउ परेका तीनैजनालाई हिरासतमा राखेर हातहतियार सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment