Comments Add Comment

कांग्रेस क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमा कल्याण गुरुङको फरक मत

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङले फरक मत राखेका छन् । गुरुङको फरक मतसहित समितिले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउँदै छ ।

बुधबार बिहान बोलाइएको कांग्रेस पदाधिकारीको बैठकमा समितिले प्रतिवेदन बुझाउँदै छ । ‘क्रियाशील सदस्यता सम्बन्धी ओरिजिनल डकुमेन्ट नआइकन प्रतिवेदन तयार पारिएकाले मैले फरक मत राखेको छु’ गुरुङले भने ।

रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले बारा, सप्तरी, धनुषा र सर्लाही जिल्लामा देखिएको विवाद समाधान नगरिकनै प्रतिवेदन तयार पारेको छ ।

क्रियाशील सदस्यता वितरणका विषयमा कांग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच विवाद छ । यही विवादका कारण कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ ।

आजदेखि हुने भनिएको वडाका अधिवेशन स्थगित गरिए पनि अर्को तालिका तय भएको छैन । यस विषयमा आजको पदाधिकारी बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment