Comments Add Comment

बिध ल्याबले पूरा गर्यो १ वर्ष, परीक्षणमा ५० प्रतिशतसम्म छुटको व्यवस्था

काठमाडौं । सरकारबाट ‘ए’ ग्रेडको मान्यता पाउन सफल बिध ल्याबले स्थापनाको १ वर्ष पूरा गरेको छ । ललितपुरको कुपण्डोललस्थित यएन पार्क नजिकै रहेको यस ल्याबले अघिल्लो वर्ष आजकै दिनबाट सेवा सञ्चालन गरेको थियो । छोटो समयमै निकै लोकप्रियता कमाएको यस ल्याबले सञ्चालको १ वर्ष पूरा गरेकोमा विभिन्न अफरहरु ल्याएको छ ।

एनिभर्सरीको उपलक्ष्यमा ल्याबमा हुने प्रत्येक परीक्षणमा छुटको व्यवस्था गरिएको छ । ल्याबका अनुसार आज दिनभर हुने पीसीआर लगायतका सबै परीक्षणमा ५० प्रतिशत छुट व्यवस्था गरिएको छ । त्यस्तै, एक हप्तासम्मका लागि सबै प्रकारका परीक्षणमा ४० प्रतिशत छुट गरिएको उनले बताए ।

कोरोना भाइरस महामारीबाट विश्व नै जुधिरहेको बेला स्थापना भएको यस ल्याबले स्थापनाकाल देखि नै सरकारलाई सहयोग गर्दै अघि बढिरहेको छ । साथै, ल्याबले उपत्यकासहित काठमाडौं बाहिरका शहरहरुमा पनि आफ्नो कार्यालय विस्तार गरिरहेको छ ।

सरकारलाई विभिन्न विधामा सहयोग गर्दै आएको यस ल्याबले सरकारले ५५०० रुपैयाँसम्म पीसीआर शुल्क लिन सक्ने भनेर तोकेको बेलामा ४००० हुँदै २००० रुपैयाँसम्ममा पीसीआर गर्नेदसम्म लविइङ गरेको थियो । एक वर्षको अवधिमा अहिलेसम्म एक लाख ३० हजार पीसीआर परीक्षण गरिएको ल्याबले जनाएको छ । त्यस्तै, अन्य ५० हजार प्याथोलोजि परीक्षण गरीएको जनाइएको छ ।

दोस्रो भेरियन्टको संक्रमितको संख्या बढेपछि मुलुकभर अक्सिजन सिलिण्डर अभाव भएपछि सुरुमा बिध म्यानेजमेन्टले चीनबाट सिलिण्डर आयात गरेको थियो । कोभिडको महामारीबाट अझै मुक्त हुन नसकेको भन्दै सरकार र सर्वसाधरणलाई आफूहरुसँग सहकार्य गरेर अघि बढ्न ल्याबका अध्यक्ष तथा संचालक बिके भण्डारीले आह्वान गरेका छन् ।

महामारीको बेलामा सरकारसँग मिलेर अघि बढ्न प्रतिबद्ध भएको भन्दै आगामी दिनमा ल्याबका तर्फबाट अझै सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको उनले बताए ।

अक्सिजनको चरम अभाव भएको बेलामा ल्याबले ललितपुर महानगरपालिका सहित अन्य अस्पतालहरुलाई अक्सिजन सिलिन्डर सहयोग गरेको थियो ।

त्यस्तै, विभिन्न चाडपर्वहरुमा छुटको व्यवस्था गरिँदै आएको छ । त्यस्तै विभिन्न मेडिकल विद्यार्थीहरुको परीक्षामा सहभागी हुनका लागि गर्नपर्ने पीसीआर परीक्षणका लागि पनि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment