
१४ साउन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) सूचीकृत पश्चात बिहीबार पहिलो कारोबार भएको छ । यस संस्थाको ६० लाख ८४ हजार कित्ता आईपीओ बुधबार सूचीकृत भएको थियो ।
नेपाल स्टक एक्सचेञ्जले जीवन विकासलाई न्युनतम् ३०५ रुपैयाँ २७ पैसा देखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा मूल्य तोकेको थियो । तोकिएको अधिकतम मूल्यबाटै कारोबार खुला भयो ।
तर कारोबार खुला भएको पहिलो दिन नै यस कम्पनीको सेयर मूल्य केहीबेर घटेको थियो । बजार खुलेको १ घण्टासम्म जीवन विकासको ७० कित्ता सेयर किनबेच भएको छ ।
७ जनाले १०–१० कित्ता आईपीओ बिहीबार बिक्री गरेका हुन् । १२ बजेसम्म सबैभन्दा महंगोमा ९६९ रुपैयाँमा खरिदबिक्री भएको छ भने सस्तोमा ८९० रुपैयाँका दरले किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4