Comments Add Comment

सर्वसाधारणलाई २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा छु : मन्त्री भुसाल

१४ साउन, काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले सर्वसाधारण जनतालाई २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा आफू रहेको बताएकी छन् ।

नेकपा माओवादी केन्द्र धनुषा शाखाले बिहीबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मन्त्री भुसालले आफू सर्वसाधारणलाई २० युनिटसम्म निःशुल्क दिने पक्षमा रहेको बताएकी हुन् । यसबाट एक करोड बढी जनता लाभान्वित हुने उनले अनुमान गरिन् ।

अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्ने बताउँदै उनले निःशुल्क वा न्युनतम शुल्क निर्धारण गरी गरीब जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गरिने बताइन् ।

मन्त्री भुसालले कुनै पनि कार्यका लागि मन्त्रालय धाउने प्रवृत्तिलाई निरुत्साहित गरी प्रक्रियागत ढंगले कार्य सम्पादन र पद्धतिको विकासलाई आत्मसात गर्नु जरूरी रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment