Comments Add Comment

रुसले ओलम्पिक पदक जितिरहेको छ तर देशको नाममा गणना छैन

१४ साउन, काठमाडौं । टोकियो ओलम्पिकमा रुसका ३३५ खेलाडीहरुले भाग लिइरहेका छन् । तर पदक जितेपनि विश्वका अन्य देशहरु जस्तै उनीहरुलाई आफ्नो देशको नाम, झण्डा र राष्ट्रियगान प्रयोग गर्न अनुमति भने छैन । यी सबै खेलाडीहरु रुसी ओलम्पिक कमिटी (आरओसी)को झण्डामुनि रहेर यस ओलम्पिकमा भाग लिएका छन् ।

टोकियो ओलम्पिकमा उनीहरुको पदक आरओसीको नाम पछि छ । जसको झण्डा रुसको भन्दा फरक छ ।

ओलम्पिकको इतिहासमा रुस विश्वका ठूला देशमध्ये एक हो । रुस शीर्ष स्थानमा पर्छ । क्षेत्रफलको हिसाबले रुस विश्वकै ठूलो देश हो । सन् २०१६ को रियो ओलम्पिकमा रुसले ५६ पदक जित्दै पदक तालिकामा चौथो स्थानमा रहेको थियो ।

तर २०१९ मा वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा)ले रुसलाई टोकियो ओलम्पिक २०२०, फिफा वर्ल्ड कप २०२२ लगायतका सबै मुख्य खेलकुद प्रतियोगितामा भाग लिन चार वर्षको प्रतिबन्ध लगायो ।

यस फैसलाको निर्णयविरुद्ध रुसले २०२० मा कोर्ट अफ आर्बिट्रेशन फर स्पोर्ट्समा अपिल गरेको थियो । रुसको अपिलपछि प्रतिबन्ध दुई वर्षमा सीमित गरियो। त्यो हो, अब यो प्रतिबन्ध डिसेम्बर २०२२ सम्म रहनेछ ।

ह्विस्टब्लोवर्स र अन्वेषकहरूले रुसलाई वर्षौंदेखि प्रिमेडेटेड डोपिङ कार्यक्रमको आरोप लगाए जुन यति गम्भीर थियो कि अन्तर्राष्ट्रिय महासंघले रुसी खेलाडीहरूलाई विश्वका ठूला कार्यक्रमहरूमा प्रतिबन्ध लगाउन बाध्य भए ।

सेप्टेम्बर २०१८ मा, अनुसन्धानको एक श्रृंखलापछि, वाडाले रूसले मस्कोको प्रयोगशालाबाट डोपिङ नियामक निकायलाई एथलिटहरूको डाटा हस्तान्तरण गर्ने सर्तमाथिको प्रतिबन्ध हटायो जसले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिइरहेका सयौं खेलाडीहरूको डोपिङ गर्नेको नाम पत्ता लगाउँदछ ।

तर यसपछि रूसलाई यी डाटा हेरफेरको आरोप लगाइएको थियो र त्यसपछि वाडा प्यानलले प्रतिबन्ध लगायो ।

रुसविरूद्ध के आरोप छ ?

यो सन २०१४ मा भएको थियो, जब ८०० मिटर एथलीट युलिया स्टेपानोभा र रूसी एन्टी डोपिङ एजेन्सीको पूर्व कर्मचारी भिटा जो उनका पति थिए, एक जर्मन वृत्तचित्रमा रूसमा चलिरहेको गडबडिको बारेमा कभर गरे जो पछि रूसी डोपिङ कार्यक्रम हुन थालेको थियो ।

दुई वर्षपछि, रूसको एन्टी डोपिङ प्रयोगशालाका निर्देशक ग्रेगोरी रोडशेनकोपको एक अन्तर्वार्तामा यो कुरा बाहिर आयो । रोडशेनकाफ २०१४ को सोची शीतकालीन ओलम्पिकको समयमा एन्टी डोपिङ प्रयोगशालाको निर्देशक थिए ।

ग्रिगोरी रोडचेन्कोफका अनुसार उनीहरुले त्यस्ता पदार्थहरू बनाएका थिए कि जसले रसियन ओलम्पिक खेलाडीहरूलाई राम्रो खेल्न मद्दत गर्ने थियो ।

साथै उनले यो पनि स्वीकारे की उनले पिशाबको नमूनाहरू परिवर्तन गरे ताकि औषधि परीक्षणमा पत्ता लगाउन सकिएन ।

ग्रेगोरी रोडशेन्कोपले न्यू योर्क टाइम्सलाई भने की रूसी अधिकारीहरूले उनको प्रयोगशालाको लागि एक खुफिया अधिकारी नियुक्त गरे ।

एथलीटहरूको पिसाबको नमूनाहरू के भयो भन्नेबारे यस अधिकारीबाट जानकारी लिइएको थियो, जुन स्विस कम्पनी बर्लिनगरले बनाएको सेल्फ-लोकिङ गिलास बोतलहरूमा राखिएको थियो ।

एक दिन गुप्तचर अधिकारीले रोडचेन्कोफलाई खुला बोतल दिए, जुन उनी सोची खेलहरूमा डोपिङको महत्वपूर्ण हिस्सा रहेको विश्वास गर्छन् ।

सोही योजना अनुसार रूसी एथलीटहरूले आफ्नो पिसाबका साथ गिलास कन्टेनरको सिरियल नम्बरका फोटो लिए र त्यसलाई रुसी खेलकुद मन्त्रालयमा पठाए ।

ग्रीगोरी रॉडशेनकॉफ़

रातमा रोडचेन्कोफ एउटा कोठामा गए जहाँ नमुनाको कन्टेनर राखिएको थियो । एक सहकर्मीले तिनीहरूलाई यी पर्खालको सानो प्वालबाट हस्तान्तरण गरे ।

उनीहरूले यूरिन नमूनाहरू फ्याँकिदिए, जसमा स्टेरोइडको ट्रेस थियो, र तिनीहरूलाई महिनौं पहिले लिइएको एथलीटहरूबाट सफा पिसाबको साथ प्रतिस्थापन गरिदियो ।

उनले भने अनुसार करीब पिसाबको एक सय नमूना यस पक्षबाट परिवर्तन भएको थियो ।

वाडालाई लेखेको पत्रमा रोडस्चेन्कोफले भने कि सोची अपरेशनले कसरी पूरा विश्वभर एन्टी डोपिङ प्रणाली भत्किएको देखाउँछ ।

अनुसन्धानमा के देखियो ?

यसपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, वाडा र अन्य महासंघहरूले यसबारे अनुसन्धान गरे ।

विश्व विरोधि डोपिंग एजेन्सी (वाडा)ले क्यानेडाली कानून प्रोफेसर र वकील डा. रिचर्ड म्याक्लारेनलाई अनुसन्धानको जिम्मा दियो ।

म्याकलरेनको रिपोर्टले २०१२ देखि २०१५ को बीचमा ३० खेलमा करिब १००० एथलीटहरूले यस डोपिङ प्रोग्रामबाट फाइदा उठाएको जनाएको छ ।

यस रिपोर्टमा, यो उदाहरणका साथ बताइएको छ कि कसरी विभिन्न खेलका खेलाडीहरूले परीक्षण आलटाल गरे र डोपिङ कन्ट्रोल अफिसरहरूलाई चकित पार्न खोजे ।

प्रतिवेदनमा भनिएको छ की एक खेलाडी खेलकुद कार्यक्रमपछि हराइरहेका थिए र अर्को दौडमा एकजनाले स्टेडियम छाडे र उनीबारे कुनै जानकारी भेटिएन ।

डोपिंग

वाडाले रूसी प्रयोगशालाबाट डाटा प्राप्त गरेको दाबी गर्‍यो जसले म्याकलरेनको रिपोर्टसँग मेल खान्छ।

वाडाको रिपोर्टमा अर्की एक महिला एथलीटको बारेमा पनि भनिएको छ कि सायद सफा पिशाब लुकाउँछिन् ।

यसको रिपोर्टले सोची खेलकुदमा दुई रूसी महिला आइस हक्की खेलाडीको पिशाब नमुनाको सट्टा पुरुषको नमूना राखिएको बताएको छ ।

वाडाले अनुसन्धानको दौरान यस्ता ईमेलहरु प्राप्त गर्‍यो की जुन रूसी खेल मन्त्रालयलाई पठाइएको थियो । यी इमेलहरूमा मन्त्रालयबाट नमुनाहरू पोजेटिभ रहेको पाइएकोमा निर्देशन दिन माग गरिएको थियो ।

अनुसन्धानले यो पनि पत्ता लगायो कि मस्कोमा सफा पिशाब बैंक स्थापना भएको थियो ।

यसपछि रूसी एथलीटहरूको नमूना पुन: परीक्षण गरियो र खेलाडीहरूमाथि प्रतिबन्धित लगाइयो र पदकहरू फिर्ता लिइएको थियो ।

गत वर्ष डिसेम्बरमा अदालतले सन् २०२२ को अन्त्यसम्म रूसलाई अन्तर्राष्ट्रिय खेलहरूबाट प्रतिबन्ध लगायो ।

यद्यपि रुसको जुन खेलाडीलाई कुनै आरोप लागेको छैन, उहीहरूलाई टोकियो ओलम्पिकमा भाग लिन अनुमति दिइयो र यही उनीहरु यही खेलाडी हुन् जो आरओसीको ब्यानरअन्तर्गत ओलम्पिक खेलमा भाग लिइरहेका छन् ।

(बीबीसी हिन्दीमा जुलाई २८ मा प्रकाशित सामाग्रीको भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment