+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

माधव नेपाललाई भेट्न पुगे विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १५ गते १३:३६

१५ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उपमहासचिव विष्णुप्रसाद पौडेलले भेटेका छन् । नेता नेपाललाई भेट्न पौडेल कोटेश्वर पुगेका छन् ।

अहिले भेटवार्ता चलिरहेको स्रोतले जनाएको छ । बिहीबार नेता नेपाललाई संसदीय दलका उपनेता सुवास नेम्वाङले भेटेका थिए । अध्यक्ष केपी शर्मा ओली निकट नेम्वाङ र पौडेलले नेता नेपालसँग पार्टी एकताबारे छलफल गरेको बताइएको छ ।

गएको २७ असारमा दशबुँदे सहमति कार्यदल मार्फत जुटे पनि एमालेको विवाद हल हुन सकेको छैन । अध्यक्ष ओलीले कार्यदल नै विघटन गरेका छन् । तर अनौपचारिक वार्तालाई कायम राख्न नेम्वाङ र पौडेल नेता नेपाललाई भेट्न पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?