+
+

नदीमा नुहाउन गएका दुई बालिकाको डुबेर मृत्यु, एक बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १५ गते १८:३२

१५ साउन, धनगढी । कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो भजनी नगरपालिका–२ को डोमपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा सोही ठाउँका दुई बालिकाको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छन् ।

नदीमा नुहाउन गएकी धनबहादुर सिंहकी ९ वर्षीया छोरी लक्ष्मी सिंह र रामफल चौधरीकी ७ वर्षीया छोरी जेनी चौधरीको नदीमा डुबेर मृत्यु भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले जानकारी दिए ।

उनीहरुसँगै नदीमा नुहाउन गएकी धनबहादुरकै ६ वर्षीया छोरी अनु सिंह बेपत्ता छिन् । उनको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?