+
+

सी डिभिजन लिग छनोटका लागि ७९ टिम

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १७:५७

१ भदौ, काठमाडौं । शहीद स्मारक सी डिभिजन लिग छनोटका लागि ७९ टिमले नाम दर्ता गरेका छन् । यही अगष्ट २६ अर्थात् भदौ १२ गतेदेखि हुने छनोटमा ७९ टिम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

छनोटमा बागमती प्रदेशबाट सर्वाधिक ६२ टिम छन् । यस्तै प्रदेश एकबाट ७ टिम र बाँकी अन्य प्रदेशबाट २–२ टिम रहेको एन्फाले जनाएको छ । २५ जिल्लाबाट क्लब दर्ता भएका छन् ।

छनोटको ड्र अगष्ट २० तारिखमा गरिने र अगष्ट २४ भित्रमा सहभागी टिमले १८ खेलाडी, म्यानेजर र कोचको नाम दर्ता गर्नुपर्ने एन्फाले जनाएको छ । छनोटपछि शीर्ष तीन क्लब सी डिभिजनमा बढुवा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?