
४ भदौ, बुटवल । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले कोरोना महामारीको प्रभावलाई मध्यनजर गरी नयाँ बजेट ल्याउने बताएका छन् । अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गरी समावेशी बजेट ल्याउने उनको भनाइ छ ।
डिग्निटी इनिसियटिभ र अम्बेडकर सोसियल फाउण्डेसन लुम्बिनीले शुक्रबार बुटवलमा गरेको अन्तरक्रियामा मन्त्री खड्काले कोरोनाले दलित, विपन्न र सीमान्तकृत समुदाय सबैभन्दा बढी प्रभावित भएकाले उनीहरुलाई लक्षित गरी राहत कार्यक्रम ल्याउने बताए ।
कार्यक्रममा अम्बेडकर सोसल फाउण्डेसन लुम्बिनीका अध्यक्ष तथा संविधानसभा सदस्य विनोद पहाडीले दलित समुदायमाथि कोरोनाले आर्थिक र सामाजिक दुवै रुपमा असर पारेको बताउँदै अब बजेट र निति कार्यक्रम मार्फत सम्बोधन गर्न आग्रह गरे ।
लुम्बिनी प्रदेशसभा सदस्य पुष्पा थरुनीले कोरोना महामारीले विपन्न, दलित तथा सीमान्तकृत समुदायलाई नै असर पार्ने भन्दै फेरि पनि सरकारले तयारीलाई मजबुत बनाउने बेला आइसकेको बताए ।
प्रतिक्रिया 4